Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026

पर्सा–१ मा हरि पन्तको...

वीरगंज,२५ माघ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा निर्वाचन क्षेत्र नं.–१ का...

अन्तिम ओभरमा चुक्यो नेपाल,...

मुम्बई,२५ माघ  — आईसीसी टी–२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४...

पर्सामा निर्वाचन आचारसंहिता उल्लङ्घनको...

वीरगंज, २५ माघ — पर्सा जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै लागू गरिएको...

टी–२० विश्वकप २०२६ :...

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत ग्रुप ‘C’ को पाँचौँ खेलमा नेपालले दुई...
spot_img

निर्वाचन सुरक्षाका लागि हातहतियार बुझाउन रौतहट प्रशासनको निर्देशन

spot_img

रौतहट,०७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयमुक्त तथा शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय रौतहटले व्यक्तिगत नाममा इजाजत प्राप्त हातहतियार तथा खरखजाना अनिवार्य रूपमा बुझाउन आग्रह गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्र कुमार यादवद्वारा जारी सूचनाअनुसार जिल्लाका विभिन्न व्यक्तिहरूको नाममा दर्ता रहेका सबै प्रकारका इजाजत प्राप्त हातहतियार र ती हातहतियारमा प्रयोग हुने गोलीगठ्ठा समेत यही माघ २० गतेभित्र नजिकको प्रहरी चौकी, इलाका प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालयमा बुझाउनुपर्नेछ।

प्रशासनले हातहतियार बुझाउँदा सम्बन्धित प्रहरी कार्यालयबाट अनिवार्य रूपमा भरपाई रसिद लिनुपर्ने जनाएको छ। सूचनामा उल्लेख भएअनुसार, आगामी चैत २० गतेपछि भरपाई पेस गरेमा सम्बन्धित हातहतियार धनीलाई मात्र बुझाइएका हातहतियार फिर्ता गरिनेछ।

तोकिएको समयसीमाभित्र हातहतियार तथा खरखजाना नबुझाएमा प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत प्रशासनले दिएको छ। जिल्ला प्रशासन कार्यालय रौतहटले निर्वाचनलाई मर्यादित, सुरक्षित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जिल्लावासी सबैबाट पूर्ण सहयोगको अपेक्षा गरेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय