काठमाडौं,२२ चैत । नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले प्रतिनिधिसभाको उपसभामुख पदमा आफ्नो पार्टीको दाबी रहेको बताएका छन्।
आइतबार सिंहदरबारस्थित संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले उपसभामुखका लागि अन्य राजनीतिक दलहरूसँग छलफल भइरहेको जानकारी दिए।
नेता पुनका अनुसार वर्तमान राजनीतिक अवस्थाले केही स्थायित्व प्राप्त गरेको भन्दै सरकारले राम्रा काम गरेमा आफ्नो पार्टीले सहयोग गर्ने धारणा पनि राखेका छन्। उनले आलोचनाका लागि मात्र आलोचना गर्ने पक्षमा आफूहरू नरहेको स्पष्ट पारे।
त्यसैगरी उनले नवनिर्वाचित सभामुख परिपक्व राजनीतिज्ञ भएको भन्दै संसद् सञ्चालन प्रभावकारी हुने विश्वास व्यक्त गरे।

