शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल म्याद थपका लागि अदालतमा पेश

spot_img

काठमाडौं,२२ चैत  । शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ। आइतबार उनलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा अदालतमा उपस्थित गराइएको हो।

अदालतमा उनको प्रारम्भिक बहससमेत सम्पन्न भएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुरका अनुसार अदालतले दिने आदेशअनुसार प्रक्रिया अघि बढाइनेछ।

अग्रवालमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको विभागले जनाएको छ। यसअघि २०७६ सालमा थर्मल गनको मूल्य अत्यधिक राखेर बिक्री गर्न खोजेको आरोपमा पनि उनी पक्राउ परेका थिए।

यसैबीच, शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाई पनि यसै सन्दर्भमा शुक्रबार पक्राउ गरिएको भए पनि बयानपछि रिहा गरिएको थियो।

शंकर ग्रुप नेपालका प्रमुख व्यापारिक समूहहरूमध्ये एक हो, जसले स्टिल, सिमेन्ट, जलविद्युत् तथा उपभोक्ता सामग्री क्षेत्रहरूमा लगानी विस्तार गरेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय