दीपक खड्काविरुद्ध ७ दिन म्याद थप

spot_img

काठमाडौं,२२ चैत । नेपाली कांग्रेसका नेता तथा पूर्वऊर्जामन्त्री दीपक खड्काविरुद्ध अनुसन्धानका लागि थप ७ दिन म्याद दिइएको छ।

चैत १५ गते पक्राउ परेका खड्कालाई जिल्ला अदालत काठमाडौंले दोस्रोपटक म्याद थप गर्दै हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

उनीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। गृहमन्त्री सुधन गुरुङका अनुसार जेनजी आन्दोलनका क्रममा खड्काको घरमा फेला परेको रकमको विषयमा छानबिन गर्न उनलाई नियन्त्रणमा लिइएको हो।

आन्दोलनका क्रममा आगजनी भएपछि खड्काको घरबाट जलेका नेपाली तथा विदेशी नोटका अवशेष फेला परेका थिए। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जलेका नोटका टुक्रा र खरानीसमेत संकलन गरेर अनुसन्धान अघि बढाएको जनाएको छ।

भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा खड्काको घरमा तोडफोड तथा आगजनी भएको थियो, जसपछि उक्त घटनासँग सम्बन्धित भिडियोहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए।

प्रहरीले सोही घटनासँग सम्बन्धित वित्तीय स्रोत र कारोबारबारे विस्तृत अनुसन्धान जारी राखेको जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय