काठमाडौं,२६ चैत । मानव बेचबिखन तथा ओसारपसारको आरोपमा चार जना पक्राउ परेका छन्।
नेपाल प्रहरी अन्तर्गतको मानव बेचबिखन अनुसन्धान ब्युरोले सञ्चालन गरेको कारबाहीमा विभिन्न जिल्लाका चार जना पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा मकवानपुर बकैया–१२ की ३० वर्षीया वास्नामाया योञ्जन, चन्द्रागिरि–१४ नैकापका २३ वर्षीय आयुष केसी, दोलखा भीमेश्वर–४ की सुष्मा तामाङ र धादिङ थाक्रे–७ का ४२ वर्षीय हरिशम्शेर रायमाझी रहेका छन्।
प्रहरीका अनुसार उनीहरूले नाबालिगलाई प्रलोभनमा पारेर वेश्यावृत्तिमा संलग्न गराएको तथा केही व्यक्तिलाई विदेशमा आकर्षक तलबको प्रलोभन देखाई कम्बोडिया पठाएको अनुसन्धानबाट खुलेको छ।
अभियुक्तहरूलाई थप अनुसन्धानका लागि नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ।

