काठमाडौं,२३ वैशाख । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। विशेषगरी सुनको भाउ एकैदिन तोलामा ५ हजार ८ सय रुपैयाँले बढेर नयाँ उचाइमा पुगेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ८ सय रुपैयाँ कायम गरिएको छ। अघिल्लो दिन सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, गत साताको बुधबार सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँ रहेको थियो। पछिल्ला दिनमा अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै स्थानीय बजारमा पनि सुनको मूल्य लगातार उतारचढाव भइरहेको व्यवसायीहरूले बताएका छन्।
चाँदीको मूल्य पनि आज बढेको छ। अघिल्लो दिन प्रतितोला ४ हजार ८८० रुपैयाँ रहेको चाँदीको मूल्य बुधबार १७५ रुपैयाँले बढेर ५ हजार ५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।


