Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026

पर्सा–१ मा हरि पन्तको...

वीरगंज,२५ माघ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा निर्वाचन क्षेत्र नं.–१ का...

अन्तिम ओभरमा चुक्यो नेपाल,...

मुम्बई,२५ माघ  — आईसीसी टी–२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४...

पर्सामा निर्वाचन आचारसंहिता उल्लङ्घनको...

वीरगंज, २५ माघ — पर्सा जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै लागू गरिएको...

टी–२० विश्वकप २०२६ :...

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत ग्रुप ‘C’ को पाँचौँ खेलमा नेपालले दुई...
spot_img

नेपालको सार्वजनिक ऋण २८ खर्ब नाघ्यो, जीडीपीको करिब ४६ प्रतिशत बराबर

spot_img

काठमाडौं । नेपालको कूल सार्वजनिक ऋण २८ खर्ब रुपैयाँ नाघेको छ। चालू आर्थिक वर्ष २०८२/८३ को सुरुआतमा २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ रहेको सार्वजनिक ऋण पुस मसान्तसम्म १ खर्ब ३२ अर्ब ३४ करोड रुपैयाँले बढेर २८ खर्ब ६ अर्ब ३९ करोड रुपैयाँ पुगेको हो।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार सरकारको कूल ऋण गार्हस्थ्य उत्पादन (जीडीपी) को ४५.९५ प्रतिशत बराबर पुगेको छ। कूल ऋणमध्ये ५३ प्रतिशत अर्थात् १४ खर्ब ८७ अर्ब २६ करोड रुपैयाँ वैदेशिक ऋण र ४७ प्रतिशत अर्थात् १३ खर्ब १९ अर्ब १३ करोड रुपैयाँ आन्तरिक ऋण रहेको छ।

चालू आर्थिक वर्षमा सरकारले ५ खर्ब ९५ अर्ब रुपैयाँ सार्वजनिक ऋण उठाउने लक्ष्य लिएकोमा अर्धवार्षिक अवधिसम्म २ खर्ब १४ अर्ब ५५ करोड रुपैयाँ संकलन भइसकेको छ। यस्तै, ऋणको साँवा तथा ब्याज भुक्तानीका लागि विनियोजित ४ खर्ब ११ अर्ब बजेटमध्ये पुस मसान्तसम्म १ खर्ब ८७ अर्ब रुपैयाँ खर्च भइसकेको छ।

सरकारी ऋणको तीव्र वृद्धि र बढ्दो साँवा–ब्याज भुक्तानीले अर्थतन्त्रमा थप दबाब बढाएको विज्ञहरूको भनाइ छ।

spot_img

ताजा अपडेट

लोकप्रिय