spot_img

अभिनेता विजय बने तमिलनाडुका नयाँ मुख्यमन्त्री

spot_img
spot_img

काठमाडाै,२७ वैशाख । दक्षिण भारतीय सुपरस्टार तथा राजनीतिज्ञ विजयले आइतबार तमिलनाडु राज्यको मुख्यमन्त्रीका रूपमा शपथ लिएका छन्। चेन्नईस्थित जवाहरलाल नेहरू रंगशालामा आयोजित विशेष समारोहबीच उनले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।

शपथ ग्रहण कार्यक्रममा परिवारका सदस्य, विभिन्न राजनीतिक दलका नेता, चलचित्रकर्मी तथा हजारौं समर्थकको उल्लेखनीय उपस्थिति रहेको थियो। विजयको नेतृत्वसँगै तमिलनाडुले करिब ६ दशकपछि डीएमके र एआईएडीएमके बाहिरको नयाँ सरकार पाएको छ।

५१ वर्षीय विजयले स्थापना गरेको तमिलगा वेत्री कझगम ले छोटो समयमै प्रदेश राजनीतिमा उल्लेखनीय सफलता हासिल गरेको हो। गएको महिना सम्पन्न विधानसभा निर्वाचनमा पार्टीले २३४ मध्ये १०८ सिट जित्दै बलियो उदय दर्ज गराएको थियो।

स्पष्ट बहुमत नपुगेपछि विजयले भारतीय राष्ट्रिय कांग्रेस, भारतीय कम्युनिस्ट पार्टी तथा मार्क्सवादी कम्युनिस्ट पार्टी लगायत दलहरूको समर्थन जुटाएर सरकार गठनको बाटो बनाएका हुन्।

मुख्यमन्त्री विजयसँगै नौ जना मन्त्रीले पनि शपथ लिएका छन्। मन्त्रिपरिषद्मा के ए सेनगोट्टैयन, आधव अर्जुना, सीटीआर निर्मलकुमार, बुसी आनन्द, राजमोहन, केटी प्रभु, अरुणराज, पी. वेंकटरामनन तथा एस कीर्तना समावेश भएका छन्। कीर्तना मन्त्रिपरिषद्की सबैभन्दा कान्छी सदस्य बनेकी छन्।

सन् १९७४ मा चेन्नईमा जन्मिएका विजयले बालकलाकारका रूपमा चलचित्र यात्रा सुरु गरेका थिए। थुप्पाक्की, कथ्थी, मर्सल, बिगिल र लियो जस्ता सफल फिल्मपछि उनी दक्षिण भारतका लोकप्रिय अभिनेतामध्ये एक बनेका थिए। सन् २०२४ मा फिल्म क्षेत्र छाडेर राजनीतिमा प्रवेश गरेका विजयले छोटो समयमै सत्ता नेतृत्वसम्मको यात्रा तय गरेका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय