वीरगन्ज,बीरगन्ज,०२ जेठ । पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका–६, बहुअरीमा एक १८ वर्षीया युवती सर्पदंशबाट घाइते भएकी छिन् । घटना गत राति १० बजे तिर भएको हो।
संजय पण्डितकी श्रीमती सिता देवीलाई आफ्नै घरमा विषालु सर्पले टोकेको थियो । घटनापछि उनलाई तत्काल नारायणी अस्पताल, वीरगन्जमा भर्ना गरियो।
अस्पताल स्रोतका अनुसार, सिता देवीको अवस्था मध्यम रहेको छ र उनको उपचार भइरहेको छ । सर्पदंशको घटनामा तत्काल उपचार आवश्यक हुने भएकाले, स्वास्थ्यकर्मीहरूले सर्पदंश भएमा ढिला नगरी नजिकको स्वास्थ्य संस्थामा जान सुझाव दिएका छन्।
वीरगन्ज,बीरगन्ज,०२ जेठ । पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका–६, बहुअरीमा एक १८ वर्षीया युवती सर्पदंशबाट घाइते भएकी छिन् । घटना गत राति १० बजे तिर भएको...
वीरगन्ज,२५ बैशाख । जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह पर्सा आउने भएका छन् ।
वैशाख २७ गते शनिबार पार्टीका...
बीरगन्ज,१५ बैशाख । पर्सा जिल्लामा सोमबार मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
बीरगन्ज–ठोरी हुलाकी राजमार्ग अन्तर्गत रामनगरीमा भएको दुर्घटनामा वीरगञ्जबाट ठोरीतर्फ जाँदै गरेको...
वीरगन्ज,०९ बैशाख । सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी बल नेपाल पर्साको सक्रियता बढेसँगै छिमेकी मुलुक भारतबाट भन्सार छली गरी ल्याइएका अवैध तथा शङ्कास्पद मालसामान...
वीरगन्ज,०८ बैशाख । पर्साका सरकारी कार्यालयहरूले चालु आर्थिक वर्षमा विकास निर्माणका लागि विनियोजित पुँजीगत बजेटको मात्र २७.९६ प्रतिशत मात्र खर्च गरेका छन्। कुल रु...
वीरगन्ज,१९ चैत । पर्सा जिल्लाको सीमावर्ती क्षेत्र छिपहरमाई गाउँपालिकाको भिस्वा नाकामा भन्सार छली चोरी तस्करी गर्ने गतिविधि पुनः सुरु गर्ने तयारी भइरहेको खुलासा भएको...