spot_img

पर्साको रामनगरीमा मोटरसाइकल घिस्रिँदा दुईजना घाइते

spot_img
spot_img

बीरगन्ज,१५ बैशाख । पर्सा जिल्लामा सोमबार मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।

बीरगन्ज–ठोरी हुलाकी राजमार्ग अन्तर्गत रामनगरीमा भएको दुर्घटनामा वीरगञ्जबाट ठोरीतर्फ जाँदै गरेको बिआर.२२ बि जी १२५५ नबरको मोटरसाइकल आफैँ अनियन्त्रित भई घिस्रिँदा दुई जना घाइते भएका हुन्।

घाइते हुनेहरूमा भारत बिहार ग्राम बगहा निवासी कृष्ण चौधरी रहेका छन् भने एक जना अचेत अवस्थामा रहेका व्यक्तिको परिचय खुल्न बाँकी रहेको स्थानीय शिक्षक डा. बासु कर्णले जानकारी दिएका छन्। घाइतेहरूको उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा पठाइएको उनले बताए।

spot_img

ताजा अपडेट

लोकप्रिय