रौतहट,०३ चैत । सोमबार राति आएको विनाशकारी हावाहुरीले रौतहटका किसानलाई ठूलो मार गरेको छ। करिब दुई घण्टा चल्ने तीव्र हावाहुरीले जिल्लाको उत्तरी भेगमा केरा र मकै बालीमा व्यापक क्षति पुर्याएको छ।
विशेषगरी चन्द्रपुर नगरपालिका–गैडाटार क्षेत्रमा लगाइएको व्यावसायिक केरा खेती हावाहुरीले उखेल्दा किसानहरू बिचल्लीमा परेका छन्। पाक्ने अवस्थामा रहेका केराका बोटहरू जरैदेखि उखेलिएका वा बीचैबाट भाँचिएका छन्। यसले सयौँ बिघामा फैलिएको केरा खेती नष्ट भई लाखौँको लगानी नष्ट भएको छ। स्थानीय किसान काजीमान माझीले भने, “पाक्न लागेको फसल भित्र्याउने सपना बुनेका हामी अहिले बारीमा ढलेका बोट हेरेर रुनु न हाँस्नुको अवस्थामा...
रौतहट २८ जेठ । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरुले एकै दिनमा १५ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। अदालतको फैसला कार्यान्वयन अन्तर्गत...
रौतहट,२३ जेठ । रौतहटस्थित तीनवटै सुरक्षा निकायको सहभागितामा सम्भावित मनसुनजन्य जोखिमलाई न्यून गर्ने उद्देश्यका साथ उद्धारको कृत्रिम अभ्यास सम्पन्न भएको छ । जिल्ला विपद्...
रौतहट,२२ बैशाख । रौतहटको गौर नगरपालिका–४ मा रहेको राइजिङ नेपाल सुधार केन्द्रमा एक व्यक्तिमाथि अमानवीय तरिकाले निर्घात कुटपिट भएको भिडियो समाजिक सञ्जालमा भाइरहल भएपछि...
रौतहट,१४ बैशाख । डिभिजन वन कार्यालय रौतहटले चाँदीखोला नदी उकास वन क्षेत्रमा अतिक्रमण नियन्त्रण गर्न विभिन्न प्रयासहरूको थालनी गरेको छ। रौतहटको चन्द्रपुर नगरपालिका–३ गैडाटारस्थित...