spot_img

रौतहटमा बागमती नदीले बगाउदा १ बालक बेपत्ता

spot_img
spot_img

रौतहट,२६ असार । रौतहटको माधवनारायण नगरपालिका–८ स्थित बागमती नदीमा दाउरा टिप्न गएका एक बालक बाढीले बगाएर बेपत्ता भएका छन् भने अर्का एक जनाको सकुशल उद्धार गरिएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटले दिएको जानकारीअनुसार, बिहीबार घर नजिकैको बागमती नदीमा बाढीले बगाएर ल्याएको दाउरा टिप्न गएका स्थानीय १३ वर्षीय सुधीर पासवान बाढीको भेलमा परेर बेपत्ता भएका हुन्।

सुधीरसँगै दाउरा टिप्न गएका अर्का १३ वर्षीय बालक शिवजी पासवानलाई भने स्थानीय र प्रहरीको सहयोगमा सकुशल उद्धार गरिएको प्रहरी सूचना अधिकारी सरोज डल्लाकोटीले बताए। दुवै बालक अचानक आएको बाढीको भेलमा फसेका थिए। अहिले बेपत्ता बालक सुधीर पासवानको खोजी कार्य जारी छ।

spot_img

ताजा अपडेट

लोकप्रिय