spot_img

रौतहटमा वन अतिक्रमण रोक्न वृक्षारोपण अभियान सञ्चालन

spot_img
spot_img

रौतहट,१४ बैशाख । डिभिजन वन कार्यालय रौतहटले चाँदीखोला नदी उकास वन क्षेत्रमा अतिक्रमण नियन्त्रण गर्न विभिन्न प्रयासहरूको थालनी गरेको छ। रौतहटको चन्द्रपुर नगरपालिका–३ गैडाटारस्थित नदी उकास क्षेत्रमा भएको अतिक्रमित क्षेत्रमा आइतबार वृक्षारोपण गरिएको छ।

पूर्वमा सरकारी हाइस्कुल र भोर्लेनी सामुदायिक वन, पश्चिममा कछडिया निकास र तिलेश्वरनाथ सामुदायिक वन, उत्तरमा आवादी र दक्षिणमा यति चारकिल्ला भित्रको चाँदी खोला नदी उकास क्षेत्रमा पहिलेदेखि नै वन क्षेत्र अतिक्रमण गरि बसेको बस्तीको पश्चिमपट्टि थप वन क्षेत्र अतिक्रमणमा पर्न नदिने उद्देश्यले करिब ६ हेक्टर क्षेत्रफलमा सिसौ, सपेता जातका करिब ५ हजार बिरुवा रोपिएको डिभिजन वन कार्यालयले जनाएको छ।

तारबार सहितको घेरा लगाएर वन क्षेत्र अतिक्रमण गरेको स्थानमा पोल तथा तारबार उखेलेर अतिक्रमण हटाइएको डिभिजन वन अधिकृत हेमन्त प्रसाद साहले जानकारी दिए।

तिलेश्वरनाथ सामुदायिक वन उपभोक्ता समूहसँग सहकार्य गरी वन कार्यालय रौतहट, सशस्त्र प्रहरी बल सन्तपुर, इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर र तिलेश्वरनाथ सामुदायिक वन उपभोक्ता समूहको संयुक्त सहभागितामा उक्त क्षेत्रलाई पुस्र्थापना गराउने उद्देश्यका साथ वृक्षारोपण कार्य सम्पन्न गर्ने योजना राखिएको छ।

साथै उक्त रुख बिरुवा हानि नोक्सानी गर्ने गराउने कार्यमा संलग्न व्यक्तिहरूको खोजतलास गरी फेला परेमा पक्राउ गरी वन ऐन २०७६ बमोजिम कडा भन्दा कडा कारबाही गरिने कार्यालयका प्रमुख हेमन्त प्रसाद साहले बताए।

spot_img

ताजा अपडेट

लोकप्रिय