काठमाडौं । सरकारले अतिक्रमणमा परेका सबै सार्वजनिक तथा सरकारी जग्गाहरु भूमाफियाबाट फिर्ता ल्याएर सरकारी कायम गर्ने भएको छ ।
शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट संघीय संसदमा प्रस्तुत भएको नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षभित्रै अतिक्रमणमा परेका सरकारी जग्गाहरु सरकारको नाममा फिर्ता ल्याउने विषय उल्लेख छ ।
संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी जग्गामाथिको सबै प्रकारको अतिक्रमण हटाइने पनि बताइन् ।
सरकारी जग्गामाथि अतिक्रमण गर्ने र अतिक्रमणमा संलग्न सबैमाथि छानबिन गरी कडा कारबाही गरिने विषय पनि राष्ट्रपतिले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख छ ।