रामाशंकर कुशवाहा / बरियारपुर,७ असार – श्री गढीमाई मन्दिर संचालन तथा विकास समिति बरियारपुर बाराको चौथो सधारणसभामा सर्वसहमति हुन नसक्दा निर्वाचनको मिति तय गरिएको छ । समितिको शनिबार सम्पन्न भएको सधारण सभाले साउन ११ गतको लागि निर्वाचनको मिति तय गरेको छ । निर्वाचनबाट नयाँ कार्यसमिति चयन गर्नको लागिले वार एसोसियनलाई जिम्मा दिएको छ । निर्वाचनको लागि ३ सदस्यी निर्वाचन समिति पनि गठन गरिएको छ । यस भन्दा पहिला गणपुरक संख्या पुग्न नसक्दा अधिबेशनको मिति सर्दै आएको थियो ।
शनिबार सम्मन्न भेलामा पनि गणपुरक संख्या अपुक रहेको भए पनि बिधानत समितिले नयाँ कार्यसमितिको लागि सर्वसहमती गर्ने प्रयास असफल भए पछि निर्वाचनको मिति तोकेको छ । अधिवेशनको उद्घाटन कार्यक्रम श्री गढीमाई मन्दिर संचालन तथा विकास समितिका अध्यक्ष रामचन्द्र साहको अध्यक्षतामा तथा राजपाका उपाध्यक्ष रमेश यादवको प्रमुख आथित्यमा सम्पन्न भएको थियो । अधिवेशनमा नेकपा शिवचन्द्र कुशवाहा,रामबाबु यादव,भुलेन्द्र यादव , भैयाराम यादव,अरुण सिह,श्याबाबु,,दिप प्रकाश गणेशकुवाहा सिहलगयातकाको सहभागिता रहेको थियो । अधिबेशनमा समितिका राजेश साह लहेराले संगाठनिक तथा प्रगति प्रतिवेदन पेश गरेका थिए ।




