spot_img

कालिन्चोक हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

spot_img
spot_img

काठमाडौं,२२ चैत  । कालिन्चोक हाइड्रोपावर लिमिटेड ले आजदेखि सर्वसाधारणका लागि आईपीओ (प्राथमिक शेयर निष्कासन) खुला गरेको छ।

कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई शेयर बाँडफाँड गरिसकेको छ। अब बाँकी शेयर सर्वसाधारणका लागि जारी गरिएको हो।

नेपाल धितोपत्र बोर्ड बाट स्वीकृति पाएअनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा कुल १३ लाख ७५ हजार कित्ता शेयर निष्कासन गर्दैछ। जसमध्ये ४१ हजार २५० कित्ता सामूहिक लगानी कोष र १६ हजार ५०० कित्ता कर्मचारीका लागि छुट्याइएको छ भने बाँकी ६ लाख ८४ हजार ७५० कित्ता सर्वसाधारणका लागि खुला गरिएको छ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति चैत २५ गतेसम्म तोकिएको छ।

आईपीओको बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताले सीडीएस एण्ड क्लियरिङ लिमिटेड को ‘मेरो शेयर’ प्रणाली तथा सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिन सक्नेछन्।

spot_img

ताजा अपडेट

लोकप्रिय