बीरगन्ज,०६ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित २९ जनाविरुद्ध बीरगन्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थासँग सम्बन्धित रकम अपचलनको आरोपमा ठगी र संगठित अपराध मुद्दा दायर गरिएको छ।
सोही मुद्दामा आज पर्सा जिल्ला अदालतमा थुनछेक बहस भएको थियो। न्यायाधीश रुद्र सुवेदीको एकल इजलासले लामिछानेसँग १ करोड रुपैयाँ धरौटी तोकेको छ। लामिछानेले आजै अदालतमा बयान पनि दिएका थिए।
मुद्धामा कुल ११ करोड ५६ लाख ९४ हजार रुपैयाँ बिगो मागदाबी गरिएको छ। अदालतको यो निर्णयपछि लामिछानेमाथि जारी अनुसन्धान प्रक्रिया र कानुनी प्रक्रिया अझै सक्रिय रहने देखिन्छ।




