वीरगञ्ज, ३० असार – जितपुर सिमरा उपमहानगरपालिका वडा नं २ स्थित सिमरा चोकबाट ५७० लिटर अवैध मदिरा बरामद भएको छ ।
नारायणगढबाट वीरगञ्ज तर्फ आउँदै गरेको ना ८ ख १२९४ नम्बरको बसमा चेकजाँच गर्दा सो परिमाणको मदिरा बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीको टोलिले विशेष सुचनाका आधारमा लुकाई छिपाई गरि ल्याउँदै गरेको अवस्थामा सो परिमाणको मदिरा सहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बसका चालक हेटौँडा उपमहानगरपालिका वडा नं १६ बस्ने २० वर्षिय दिप लामा र सहचालक हेटौडा उपमहानगरपालिका वडा नं २२ बस्ने रोशन लामा रहेका छन् ।
बरामद भएको मदिरा तथा नियन्त्रणमा लिइएको बस आवश्यक कारबाहीका लागि आन्तरिक राजश्व कार्यालय सिमरा पठाइएको जनाइएको छ ।




