spot_img

सनातन धर्मको रक्षा र सम्बर्द्धन नै अहिले आवश्यकता : अध्यक्ष गुप्ता

spot_img
spot_img

बीरगन्ज, ९ साउन -बीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध गुप्ताले सनातन धर्मको रक्षा र सम्बर्द्धन नै अहिले आवश्यकता रहेको बताएका छन् । उनले हिन्दुधर्म माथि अनेकौ प्रकारको आक्रमण भइरहेकोले धर्म रक्षा गर्नुपर्नेमा जोड दिए ।

गुरुपुर्णिमाको अवसरमा श्री शंकराचार्यपिठ परिषद, नेपालले बीरगन्जको माईस्थानमा आयोजना गरेको हवन तथा गुरुहरुको सम्मान कार्यक्रममा प्रमुख अतिथिको आसनबाट मन्तव्य राख्दै अध्यक्ष गुप्ताले हिन्दुधर्ममा रहेका सामाजिक विकृतिहरुलाई हटाउदैं यसको संरक्षण र सम्बद्र्धनमा गर्नुपर्ने बताए ।

सोही कार्यक्रममा बोल्दै जेष्ठ नागरिक समाजका पूर्व अध्यक्ष पशुपति विक्रम शाहले हिन्दु धर्म पुर्नस्थापनाको लागि सबै क्षेत्रबाट आन्दोलनको आवश्यकता रहेको बताए ।

गुरुपूर्णिमाको बारेमा चर्चा गर्दै अर्का वक्ता भारत रक्सौल राजपाका युवा नेता रबि मसकराले व्यक्ति, समाज वा राष्ट्रनिर्माणमा गुरुहरुको अहम भूमिका रहेको बताए।

कार्यक्रमका संयोजक डा. अनिल कुमार झाले आदिगुरु शंकराचार्य स्वामी निश्चलानन्द महराजको नेपालप्रति अगाढ माया रहेको बताउँदै नेपालमा हिन्दु धर्ममाथि भइरहेको आक्रमणबाट बचाउन वहाँको निर्देशन अनुसार अगाडि बढ्नुपर्ने बताए ।
संस्कृत विद्यालयका प्राचार्य बिजयनाथ तिवारीको समापतित्वमा सम्पन्न कार्यक्रममा विभिन्न क्याम्पस, विद्यालयका गुरु तथा समाजका अगुवा व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

spot_img

ताजा अपडेट

लोकप्रिय