spot_img

पर्सामा राष्ट्रिय परिचयपत्र सेवा ठप्प, केन्द्रिय सर्भरमा समस्या

spot_img
spot_img

वीरगन्ज,२४ वैशाख । जिल्ला प्रशासन कार्यालय पर्सामा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा विगत दुई दिनदेखि अवरुद्ध भएको छ। केन्द्रिय सर्भरमा आएको प्राविधिक समस्याका कारण सेवा प्रभावित भएको हो।

राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागअन्तर्गतको राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणाली (एनआईडीएमआईएस) मा समस्या देखिएपछि बुधबारदेखि देशभरका जिल्ला प्रशासन कार्यालयहरूमा सेवा रोकिएको पर्सा प्रशासनले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय पर्साले बिहीबार सार्वजनिक सूचना जारी गर्दै सर्भर मर्मत कार्य जारी रहेकाले सेवा अवरुद्ध भएको स्पष्ट पारेको छ।

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार केन्द्रिय प्रणालीमा आएको प्राविधिक त्रुटि समाधान नभएसम्म सेवा सञ्चालन गर्न नसकिने अवस्था छ। सर्भर मर्मत सम्पन्न भई विभागबाट औपचारिक सूचना प्राप्त भएपछि मात्र सेवा पुनः सुरु गरिने उनले बताए। हालको अवरुद्धताका कारण राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा लिन आउने सेवाग्राहीहरू प्रभावित भएका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय