Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025
Date
मङ्ल, जेष्ठ ६, २०८२
Tue, May 20, 2025

वीरगञ्जमा युवाको युथ एक्सेस...

वीरगञ्ज, जेठ ६ । युवा संस्थाले वीरगञ्जमा विगत चार वर्षदेखि सञ्चालन गरिरहेको यूथ...

सरकारी कार्यालयमा बढ्दो बेथिती...

बीरगन्ज,०६ जेठ । बीरगन्जका विभिन्न सरकारी कार्यालयहरूमा व्यापक बेथिती, अनियमितता र भ्रष्टाचार रहेको...

कास्कीमा ४.७ रेक्टर भएर...

काठमाडौं,०६ जेठ । आज दिउँसो कास्की जिल्लाको सिनुवालाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको...

ठाकुरराम क्याम्पसमा नक्कली प्रमाणपत्र...

बीरगन्ज,०६ जेठ । ठाकुरराम बहुमुखी क्याम्पसमा नक्कली प्रमाणपत्र प्रकरण चर्किँदै गएपछि संयुक्त विद्यार्थी...
spot_imgspot_imgspot_img
19.7 C
Kathmandu
29.5 C
Birgunj
spot_imgspot_imgspot_img

प्रचण्डजी र मन्त्रीजीले भन्दैमा बीरगन्जको विकास नरोकिने मेयर सिंहकाे दाबी

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, १२ चैत्र । नेपाल पोष्ट मिडिया प्रा.लि.द्धारा सञ्चिालित रेडियो सिमाञ्चल ९५ दशमलब एक मेगार्हजको कार्यक्रम सिमाञ्चल बहसमा बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई निम्त्याएका थिर्यौ ।

- Advertisement -

मेयर सिंह पहिलादेखि नै बीरगन्जलाई बैष्भ बीरगन्ज बनाउने अभियानमा सक्रिय रहँदै आएका छन् । हाम्रा सहकर्मी मनोज पटेलले मेयर सिंहसँग गरेका कुराकानीको विस्तृत विवरण :

लामो समयदेखि चलिरहेको बीरगन्जको त्रिभुवन राजपथ अन्र्तगत बीरगन्ग महानगरपालिकाको बीचबाट शंकरार्चाया गेटसम्म फराकिलो बनाउने उजुरी अदालतले फैसुला गरिदिएको छ भने पुर्ण पाठ आउन बाँकी रहेको छ । यस विषयमा विभिन्न टिकाटिप्पणीहरु आईरहेको छ । तपाई आफै नगर प्रमुख भएको हैसियतले बीरगन्ग महानगरपालिकाको अबको रणनिति के हुन्छ ? भनेर स्थानीय बासीहरु कुरिरहेका छन् यस विषयमा महानगरको रणनिति के छ ?

- Advertisement -

आफू कानुनी राज्य माग्ने व्यात्ति भएको र सम्मानित अदालतबाट आएको फैसलाको आफूहरुले सम्मान गरेको र सबैले गर्नु पर्ने बताउँदै डिभिजन सडक कार्यालय हेटौडाले हामीलाई समन्वय गरी सहयोगको लागि अनुरोध गरेको हुँदा  हातेमालो गरेको बताए ।

बोल्नेलाई कसैले रोक्न नसक्ने बताउँदै मेयर सिंहले भने जब सम्म बीरगन्जको सडक फराकिलो हुँदैन तबसम्म बीरगन्जको विकास नहुने उनले दाबी गरे ।

भर्खरै माओावदी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड त्यस्तै सांसद राजकुमार गुप्ता लगायतका भत्र्सना आएको छ जुन विषय यतिबेला लोकप्रिया बनेको छ । यस विषयमा तपाई के भन्न चाहानुहुन्छ ?

रीट निवेदन नै खारेज भईसकेपछी कानुनका ज्ञाताहरुले बाँकी सविस्तार बताउने  बताउँदै मेयर सिंहले भने,“ रिट निवेदन नै खारेज भईसकेपछी जतिपनि माग गर्नुभएको थियो उहाँहरुले ती सबै मागहरुलाई अदालतले खारेज गरिदिएको छ ।“

प्रचण्डज्यूले के बोले, मन्त्रिज्यूले के बोल्नुभयो त्यसको पछाडी नजाउ तर अदालतले दिएको निर्देशनको पालना हुनुपर्छ भन्ने मान्यता रहेको मेयर सिंहको भनाई छ ।

अहिले पुर्ण पाठ आईसकेको छैन । र पहिलाको कार्यापालिकाले १५–१५ मिटर बनाउने निर्णय गरेको थियो भनेर पनि कता–कता नागरिकहरुको गुनासाहरु सुन्नमा आईरहेको छ, यसमा के भन्न चाहानुहुन्छ ?

माथिको मन्त्रिपरिषदले के गर्छ त्यो  बताउँन नसकिने उल्लेख गर्दै संम्पति नेपाल सरकारको रहेको र अरुको सम्पतिमा यस्तो हुनुप¥यो भनेर भन्न नसकिने उनको भनाई छ ।

बीरगन्ज महानगरपालिकाको भूमिका कस्तो हुन्छ त अब ?

नेपाल सरकारको कुनै पनि संस्थाले सहयोगको आग्रह गरेको खण्डमा आफूहरुले सहयोग गर्नु आफूहरुको कर्तव्य रहेको बताउँदै मेयर सिंहले भने,“ त्रिभुवन राजपथको विषयमा नेपाल सरकारको पहिलेदेखि नै जुन लक्ष्य छ त्यस विषयमा सबैलाई थाहा भएकै कुरा हो । र केहीँ व्यात्तिहरुले यो कारणले मेन रोड टुट्नु हुदैन भनेर रिट निवेदन दर्ता गराएकोमा सम्मानित अदालतबाट रिट निवेदन खारेज गरिदिएको छ ।“अब सडक विभागले तोड्छ भने बीरगन्गज महानगरपालिका हाम्रो भएकोले महानगरपालिकाले पनि बीरगन्जको सडक राम्रो होस भनेर चाहेको छ ।

सडक डिभिजन कार्यालयको मात्रै भिजन लिएर होइन बीरगन्ज महानगरपालिकाको पनि भिजन लिएर जानु पर्छ भन्ने मान्यता आफूहरुको रहेको र सबै सरोकारवालाहरुसँग समन्वय गरेर महानगर अगाडि बढ्ने उनको भनाई छ ।

बीरगन्ज बचाउ संर्घष समिति यतिबेला सक्रिय छ । जुन व्यापारीहरु अर्थात् घरधनीहरुले विभिन्न राजनितिक व्यक्तिहरुसँग भेटघाट गरिरहेका छन् । सरकारले हामीलाई पनि केहीँ गरिदेओस् भन्ने चाहना उनीहरुको छ । के उनीहरु तपाईसँग पनि भेटघघाट गर्न आएका  छन् त ?

सबै साथीभाईहरुसँग कुराकानी भईरहेको बताउँदै उनले भने, मुद्दा दिनु भन्दा अगाडिनै एकचोटि केन्द्रमा सबै सरोकारवाला पक्षहरुसँग जस्तै प्रधानमन्त्री, न्यायधीशहरुसँग समन्वय गरी अगाडि बढ्नु पर्ने थियो, सकेसम्म कम भन्दा कम क्षति गर्ने विषयमा आफूहरुले पनि समन्वय गर्ने पहल भईरहेको जानकारी दिए ।

२५–२५ मिटरभित्र महानगरपालिकाको पनि केहीँ संरचनाहरु, सार्वजनिक सम्पत्तिहरु जस्तै सरकारी कार्यालयहरु, उद्योग वाणिज्य संघ जस्ता कार्यालयहरुमा पनि क्षति हुने देखिन्छ, यस्ता सार्वजनिक महत्वका संरचनाहरुलाई स्थानान्तरण गर्ने वा कसरी व्यवस्थापन गर्ने यसमा महानगरपालिकाको रणनिति के रहेको छ ?

यस विषयमा सम्पुर्ण सरकारी तथा अर्धसरकारी कार्यालयका प्रमुखसँग कुराकानी भैसकेको बताउँदै मेयर सिंहले भने, उहाँहरु पहिलादेखि नै तयारी रहेको र सर्वोच्चको फैसला एक न एक दिन त आउँछ नै भनेर अवगत रहेको त्यहीँ अनुसार सहमतिमा आएको र जुन कार्यालयको संरचना सार्न समय लाग्ने जस्तै नेपाल टेलिकमलगायतका अन्य कार्यालयहरु मापदण्डअनुरुप अगाडि बढ्न तयार रहेको मेयर सिंहले दाबी गरे ।

 बीरगन्ज महानगरपालिकाका मेयर सिंहले नै यो बाटो फराकिलो बनाउने विषयलाई तिव्रता दिएको र मेयरको चाहना छिटो भन्दा छिटो संरचनाहरु ह्टाएर बीरगन्जको बाटो फराकिलो बनाउने रहेको हल्लाहरु बजारमा सुनिन्छ यसमा कतिको सत्यता रहेको छ ?

यस विषयमा प्रेसर बनाउने कुनै कुरा नभएको र आफूले बुझेको कुरा एउटै रहेको र त्यो हामीले अदालतलाई सम्मान गर्ने र सम्मानित अदालतको फैसला मानेर अगाडि बढिरहेको उनको भनाइ छ । यदि फेसर बनाउने भए जुन घरधनीहरु ह्ुनुहुन्छ उहाँहरुले पनि त प्रेसर बनाउनुहुन्थ्योहोला नि ? जो कोहीँलाई आ–आफ्नो पक्ष राख्ने अधिकार भएको बताउँदै जसको केहीँ पनि बाच्दैन त्यस्तो व्यक्तिलाई चाहिँ नेपाल सरकारले हेर्नुपर्ने आफ्नो मान्यता रहेको मेयर सिंहको भनाई छ ।

बाटो फराकिलो बनाउने सन्दर्भमा जुन नगरबासी भूमीहिन हुने अवस्थामा रहेको छ भने त्यसको व्यवस्थापनका लागि महानगरले के गर्छ ?
बीरगन्जको सडक फराकिलो बनाउँने क्रममा यदि कुनै घरधनीको आफ्नो सबै जमिन गएर भूमीहिन हुने अवस्थामा आएमा  त्यसको लागि महानगरको तर्फबाट नेपाल सरकार र प्रदेश सरकारसँग  क्षतिपुर्तिका लागि पहल गर्ने,  र  कसरी व्यवस्थापन गर्ने र नगरबासी भूमीहिन नहुन् भनेर महानगरपालिले सधैँ सहजीकरण गर्ने उनको भनाई छ ।

बाटो फराकिलो बनाउने सन्दर्भमा भोलिको दिनमा राजनितिक दलहरु पनि सक्रिय हुन सक्छन्, एक पक्षले फराकिलाे बनाउनुपर्छ भन्ला आर्को पक्षले हुदैँन भन्ला त्यस्तो अवस्थामा महानगर सडक डिभिजन कार्यालयको तर्फबाट अगाडि बढ्छ कि राजनितिक तवरबाट ? वा भोलि अदालतबाट पुर्ण पाठ आईसकेपछि त्यो पुर्ण पाठको पक्षमा मेयर खडा हुन्छ ?

आफू कानुनी राज्य मान्ने व्यात्ति भएको र सर्वोच्च अदालतले दिएको निकास वा फैसला वा अदालतको निर्णय कार्यान्वयन हुनुपर्छ भन्ने मान्यता रहेको उल्लेख गर्दै हेटौडा जीतपुर लगायतका सबै ठाउँमा सुरुमा १५ मिटर फेरी पछी २५ मिटर फराकिलो गरिएको उल्लेख गर्दै त्यस्तो अवस्था बीरगन्जमा नआओस् भन्ने आफ्नो मान्यता रहेको उनले स्पष्ट पारे ।

सबै सँग सहकार्य, समन्वय तथा छलफलको माध्यमबाट अदालतको फैसला कार्यान्वयन हुनुपर्छ भन्ने हाम्रो मान्यता रहेको छ ।

ताजा समाचार

spot_img

थप समाचार