spot_img

पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ ल्याउने कार्यको परीक्षण शुरु

spot_img
spot_img

बीरगंज, २ साउन — भारतबाट पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ ल्याउने कार्यको परीक्षण शुरु भएको छ ।मोतीहारीदेखि अमलेखगञ्जसम्म पाइपलाइन निर्माण सम्पन्न भएपछि डिजेल राखेर परीक्षण शुरु भएको हो । हाइड्रोलिक टेष्ट सम्पन्न भइसकेको र डिजेल राखेर गरिने परीक्षण शुरु भएको पाइपलाइन परियोजना प्रमुख प्रदिप कुमार यादवले बताए ।

मोतीहारी–अमलेखगञ्ज ६९ किलोमिटर पेट्रोलियम पाइपलाइन भारु ३ सय २४ करोडमा निर्माण सम्पन्न भएको हो । जस अन्तर्गत नेपालले ३० प्रतिशत व्यहाेर्ने सम्झौता भएको थियो । तर अहिले निर्माणको सम्पूर्ण खर्च भारतले नै व्यहोरेर परियाेजना निर्माण सम्पन्न गरेको छ ।

पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ आउन शुरु भएपछि नेपाल आयल निगमको वर्षिक दुई अर्ब ढुवानी भाडा बच्ने यादवले बताए । प्रतिवर्ष २० लाख मेट्रिकटन तेल ल्याउनसक्ने पाइपलाइनकाे क्षमता छ । तत्कालको लागि पाइपलाइनबाट डिजेल मात्र ल्याउने र विस्तारै पेट्राेल भण्डारणका लागि पूर्वाधार तयार गर्ने निगमको योजना छ ।

निगमको अमलेखगञ्जमा अहिले २० हजार किलोलिटर डिजल अट्ने क्षमताको ट्याङ्क छ । तत्कालका लागि सोही ट्याङ्कको क्षमता बराबर डिजेल आउने यादवले बताए ।

निगमका अनुसार पाइपलाइनबाट इन्धन ल्याउँदा अहिले भोग्दै आएको तेल चुहिने तथा तेलचोरी हुने लगायतका समस्याहरु समाधान हुनेछन् । दैनिक दर्जनौं ट्याङ्कर चलाउनु नपरेपछि प्रदुषण तथा ट्राफिक जामको समस्या पनि कम हुने निगमले जनाएको छ ।

अहिलेसम्म डिजल र पेट्रोल ढुवानी गर्दै आएका ट्याङ्करहरुको व्यवस्थापनका लागि निगमका नायव कार्यकारी निर्देशक शुशिल भट्टराइको संयोजकत्वमा समिति गठन गरिएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय