spot_img

लागूऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ

spot_img
spot_img

२ साउन — लागूऔषध ब्राउन सुगरसहित प्रहरीले बिहीबार नेपालगन्जको जमुनाहा भन्सारमा चेकजाँच गर्दा तीनजनालाई पक्राउ गरेको छ।

लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगन्ज र इलाका प्रहरी कार्यालय जमुनाको संयुक्त टोलीले सुर्खेत जिल्लाको वीरेन्द्रनगर-३ का २२ वर्षीय अमृत विक र ३२ वर्षीय चन्द्रबहादुर विकका साथै सुनसरी इनरुवा-७ घरभइ वीरेन्द्रनगर-३ ३२ वर्षीय दीपेन्द्र ठाकुरलाई पक्राउ गरेको हो।

१४ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर प्लाष्टिकमा बेरेर कम्मरमा लुकाएर ल्याउँदै गरेको अवस्थामा बिहान १० बजेतिर नियन्त्रणमा लिएको लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्जका इन्चार्ज प्रहरी निरीक्षक वीरबहादुर थापाले जानकारी दिए।

 

spot_img

ताजा अपडेट

लोकप्रिय