दशैँ मनाउन घर फर्किनेको लर्को

spot_img

नेपालगन्ज,८ असोज – दशैँ नजिकिएसँगै भारतमा रोजगारी गरेर घर फर्कने नेपालीको नेपालगञ्जस्थित जमुनाह नाकामा लर्को शुरू भएको छ ।

रोजगारीका लागि भारतका विभिन्न शहर पुगेका नेपाली दशैँ मनाउन घर फर्कने गरेका छन् । दशैँ मनाउन घर फर्कने नेपालीको हरेक वर्ष सीमानाका जमुनाहमा लर्को लाग्ने गर्दछ ।

जाजरकोटको बारेकोटबाट रोजगारीका लागि भारतको सिमला पुगेका धनबहादुर वली दशैँ मनाउन घर फर्किनुभएको छ । वर्षभरि परदेशमा काम गरेर दिन बिते पनि दशैँमा भने सधैँ घर फर्किने गरेको उहाँले बताउनुभयो ।

वलीका अनुसार, भारतको सिमलामा मजदुरी काम गर्ने जाजरकोटको बारेकोटका मात्रै १५ घरपरिवार दशैँ मनाउन घर फर्किएका छन् । पश्चिम नेपालको सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, रुकुम, रोल्पा, प्यूठानलगायतका जिल्लाबाट भारतमा रोजगारीका लागि पुग्ने गरेका छन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय