spot_img

जगरनाथपुरबाट २१३ केजी गाँजासहित ट्याक्टर बरामद

spot_img
spot_img

बीरगन्ज,२६ फागुन । पर्साको जगरनाथपुर गाउँपालिका–४ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक ट्याक्टर नियन्त्रणमा लिएको छ।

सोमबार राति इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट प्रहरी निरीक्षक समुन्नत अधिकारीको नेतृत्वमा खटिएको प्रहरी टोलीले करिब २ सय १३ केजी गाँजासहित मे १ त ५७१४ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार पटेर्वा सुगौली गाउँपालिका–१ सोनवर्षाबाट गाँजा लोड गरेर भारततर्फ लैजाँदै गरेको विशेष सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो। सोनवर्षाबाटै ट्याक्टरलाई पछ्याउँदै गएको प्रहरी टोली जगरनाथपुर गाउँपालिका–४ पुगेपछि तस्करहरूले गाँजासहितको ट्याक्टर छाडेर फरार भएका थिए।

प्रहरीले ट्याक्टरमा रहेको गाँजा बरामद गरी नियन्त्रणमा लिएको जनाएको छ। ट्याक्टरका धनी तथा गाँजा तस्करहरू सोनवर्षा गाउँका रहेको प्रारम्भिक जानकारी प्राप्त भए पनि उनीहरूको पहिचान भने सार्वजनिक गरिएको छैन।

बरामद गाँजासहितको ट्याक्टर हाल इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा राखिएको छ। फरार रहेका चालक, ट्याक्टर धनी तथा संलग्न तस्करहरूको खोजी कार्य भइरहेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिएका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय