वीरगन्ज,१२ पुष— समाजवादी पार्टीका केन्द्रिय सदस्य शशीकपुर मियाले नेकपा सरकारमा गएर पार्टीले गल्ती गरेको स्वीकार गर्नु भएको छ । नेपाल पोष्ट डेलीसँग कुराकानी गर्दै केन्द्रिय सदस्य मियाले नेकपा सरकारसँग भएको सझौता अनुसारको व्याहार नपाएको कारण पार्टी सरकारबाट बाहिरिन बाध्य भएको वताउनु भयो ।
नेपाल सरकारसँग मधेशको सवालमा पटक पटक सझौता भएको स्मरण गर्ने नेता मियाले हाल सम्म कुनै पनि सम्झौता कार्यवन्यन नभएको दावी बताउनु भयो । उनले सापा सरकारबाट बाहिरिए लगदै सरकारको दुई तिहाईको दम्ब पनि समाप्त भएको बताउनु भयो ।
नेता मियाले सरकारमा जानु सापाको भुल भएको वताउँदै भुल सुधार्ने तर्फ पार्टीको अगामी कार्य दिशा हुने कुरामा जोड दिनु भयो । उनले दलित,मुश्लिम,महिला मधेशी,सिमान्कृत तथा पिछाडी पारिएका सुदायहरुको मागको बिषयमा पार्टीको सर्घष जारी रहने दावी गर्नुं भयो । नेपाल पोष्ट डेलीका लागि साथी मनोज पटेलले गर्नुको भएको कुराकानीमा केन्द्रिय सदस्य मियाले सर्घषको अर्थ तोडफोड,आगजनी चक्का जाम,नाकाबन्दी मात्र नभएको वताउँदै कुनै किसिमको मानविय क्षती तथा भौतिक क्षती हुने गरी आन्दोलन अब हामी गर्न नचाहेको स्पष्ट गरे ।
केन्द्रिय राजनितिकको प्रभाव प्रदेशको सत्ता समिकरणमा पनि पर्न सक्ने मियाले वताउनु भयो । नेता मियाले भने, तर तत्कालै राजपा सरकारमा सहभागी नहुने कुरामा हामी आशावादी रहेको वताए । कुराकानीमा मियाले सापाले राजपासँगको पार्टी एकता प्रक्रियालाई पनि गति दिन चाहेको वताए ।
उनले एकता प्रक्रियाको लागि राजपाको एक सुत्रिए माग सरकारबाट फिर्ता हुनु पर्ने रहेको कारण पनि एकता प्रक्रिया अब थप अगाडी बढाउँने ढोका खुलेको वताउनु भयो । मियाले भने “मधेश र मधेशीको सवालमा सापा र राजपाको एकै खालको दृश्टीकोण छ ।” सापालाई धोका दिएको सरकारले भोली राजपालाई पनि धोका दिने सक्ने भएको कारणले मात्र राजपालाई सरकारमा जानु आत्म हत्या हुने भनेको हो बाकी कुरा त राजपाले नै तय गर्ने हो । तर अहिले तत्कालै राजपा सरकारमा नजाने कुरामा म व्यक्तिगत रुपमा पनि आशावादी रहेको मियाले वताए ।
राजपा केन्द्रिय सरकारमा सहभागी भए उसले ठूलो मोल चुलाउँनु पर्ने नेता मियाले वताए ।
उनको यो पुरा अन्तवार्ता सुन्न भिडियोमा किलिक गर्नु होला ।
