बारामा घुर ताप्ने क्रममा घाइते भएकी एक महिलाको मृत्यु

spot_img

घिरेन्द्र तिवारी/बारा,१२ पुष – बारामा घुर ताप्ने क्रममा शरिरमा आगो लागी घााइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । जडो छल्नको लागि बालिएको घुर ताप्ने क्रममा लुगामा आगो सल्किएर शरिरमा आगोलागी गम्भीर घाइते भएकी बारा करैंयामाई गाउँपालि वडा नं. २ करैंया निवासी ७५ बर्षिय जोखनि देवी चम्मईनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चम्मईनको जिल्ला अस्पताल कलैंयामा उचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । गएको ९ गते बुधवार शरिरमा आगोलागी गम्भीर घाइते भएकी चम्मईनको उपचारको क्रममा शनिवार दिउँसो २ः१५ मिनेटमा मृत्यु भएको जिल्ला अस्पताल बाराका प्रहरी विटका इन्चार्ज शशी ठाकुरले वताउनु भयो । मृतकको शवलाई अस्पतालको शव गृहमा राखिएको तथा परिवारलाई बुझाउँने प्रक्रिया शुरु गरिएको प्रहरीले जनाएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय