श्रावण मासको पहिलो सोमबार आज तर सुनसान देखिए जनकपुरका शिवालयहरु!!!

spot_img

जनकपुर, २२ असार – महामारीको रुपमा फैलिएको कोभिड १९ को कारण जनकपुरधामका विभिन्न शिवालयहरुमा लाग्ने श्रावणी पूजामा भक्तजनहरु न्युन मात्रामा देखिएका छन् ।

श्रावण मासको आज पहिलो सोमबारको दिन अरु वर्ष जस्तो भीडभाड देखिएन ।

जनकपुरको विभिन्न शिवालय मन्दिर जस्तै शिव चोकमा रहेको पशुपति शिव मन्दिर, राम चोकमा रहेको शिव मन्दिर, कुवा गाउँमा रहेको कुवा महादेव, कपालेश्वरमा रहेको कपालेश्वर महादेव र बाबा भूतनाथ मन्दिरमा कोभिड १९ को कारणले यो वर्ष भक्तजनहरुको कम भीडभाड देखिएका हो ।

spot_img

ताजा अपडेट

लोकप्रिय