गए राति परेको वर्षाका कारण जनकपुरको अधिकांश ठाँउ डुबानमा

spot_img

जनकपुर : गए राति परेको वर्षाका कारण जनकपुरको अधिकांश ठाँउ डुबानमा परेको छ।

नगर क्षेत्रभित्र पानीको निकास नभएकै कारण अधिकांश ठाँउ डुबानमा परेको हो । उप महानगरपालिकाको वडा ७ स्थित मुशहरी र मेस्तर टोलको घर घरमा पानी पसेको छ।

वार्डका लगभग २ दर्जन घरभन्दा बढ़ी मेस्तर परिवारको घरमा पानी पसेको छ। वडा ७ को मुसहरीमा प्रत्येक वर्ष पानी र वर्षाले गर्दा प्रभावित हुँदै आएको छ।

सड़कमा पानी जमेर हिड्नसमेत समस्या हुने गरेको स्थानीय संजय यावदले बताए। सामान्य पानी पर्दा पनि सड़कमा ३ देखी ४ फिटसम्म पानी जमेको छ पानीको तत्काल निकासकालागि जिम्मेबार पक्षले ध्यानदिनुपर्ने यादवले बताए।

पानी घरभित्र पसेपछि तत्काल दुइ दर्जन परिवारलाई उद्धार गरी वडा ७ को विद्यालयमा राख्ने तयारी अगाडि बढाइएको वडा ७ का अध्यक्ष जानकिराम साहले जानकारी दिए।

वडा ७ का अध्यक्ष जानकिराम साहका अनुसार यो वडाको बजेटले समस्या समाधान न हुने भएकोले आफुले उप मेयरलाई जानकारी गराई सकेका छौ।

स्थानीय राजेन्द्र माझीले रातिदेखि परेको पानीका घर डुबानमा परे पनि अहिलेसम्म मेयर र उपमेयरले वास्ता नगरेको बताए। माझीले भने, ‘चुनावको बेला भोट लिन सबै आउँछन्। तर समस्या परेको बेला कोही आउँदैनन्।’

spot_img

ताजा अपडेट

लोकप्रिय