भारतीय न्युज च्यानल प्रसारणमा रोकिएपछि जनकपुरमा प्रदर्शन

spot_img

जनकपुर : स्वदेशी र विदेशी च्यानल प्रसारणको अनुमति पाएको मल्टी सिस्टम अपरेटरहरूले भारतीय न्युज च्यानल प्रसारण रोकेको विरोधमा जनकपुरमा प्रदर्शन भएको छ ।

बिहीबार राति जनकपुरको भानु चोकमा भेला भएका तत्कालिन समाजवादी पार्टिका कार्यकर्ताहरुले नेपालमा भारतीय न्युज च्यानल बन्द गराएको विरोधमा प्रदर्शन गरेका हुन् ।

डिसहोम मुर्दाबाद, नेपाल सरकार मुर्दाबाद, निरंकुश शासन बन्द गर लगायतका नाराहरु सहित प्रदर्शन गरिएको छ ।

भारतीय च्यानल उपर बन्देज लगाएर सरकारले निरकंशु शासनको परिचय दिएको प्रदर्शनमा सहभागिहरुको भनाई छ ।

भारतीय न्युज च्यानलहरु पुन प्रशारण नभए डिसहोमलाई बहिष्कार गर्ने र यहाँका विक्रेतालगायत सबै शाखाहरु बन्द गर्ने चेतावनी दिएका छन् ।

यता टेलिभिजन सेवा प्रदायकहरूले भारतीय न्युज च्यानल बन्द गर्ने सम्बन्धमा सूचना तथा सञ्चार मन्त्रालयमा समेत राय मागेका थिए ।

भ्रम फैलाउने च्यानल बन्द गर्न ग्राहकले दबाब दिएको भन्दै उनीहरूले के गरौँ भनेर सोधेका थिए ।

मन्त्रालयले इच्छाअनुसार गर्न र प्रसारण बन्द गरे पनि आपत्ति नभएको जवाफ दिएको थियो ।

spot_img

ताजा अपडेट

लोकप्रिय