जनकपुर, ३१ असार – प्रधानमन्त्री केपी शर्मा ओलीले भगवाना रामको जन्मस्थल भारतको अयोध्यान नभई पर्साको ठोरी रहेको दिएको अभिव्यक्ति विरुद्धमा जनकपुरमा कडा प्रदर्शन गरियो । विश्व हिन्दु परिषदको व्यानरमा युवा तथा साधुशन्तले जनकपुरमा मंगलबार बिहान जनकपुरमा प्रदर्शन गरेका हुन् ।
जनकपुरको रिङ रोड मा प्रदर्शन गर्दै जनक चौकमा पुगेर जुलुस कोण सभामा परिणत भएको थियो । साधुशन्तले कोणसभमा बोल्दै प्रधानमन्त्रीको उक्त अभिव्यक्तिले विश्वका करोडौं हिन्दु धर्माबलम्बीको आस्थामाथि बज्र प्रहार भएको जिकिर गरेका हुन्। उक्त अभिव्यक्तिले नेपाल र भारतबिचको सदियौंको रोटी-बेटिको सम्बन्धमा ख्ल्लो पुग्ने भएकाले अभिलम्ब अभिव्यक्ति फिर्ता लिन प्रधानमन्त्रीसंग उनीहरुले माग गरेका छन् ।
यता साधुशन्तको संगठन रामानन्दीय वैष्णव संघका महासचिव नवलकिशोर शरणले एक विज्ञप्ती जारी गर्दै प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले सनातन हिन्दु धर्मग्रन्थ र हिन्दुधर्माबलम्बीको आस्थामा ठेस पुगेको ठहर गरेका छन् भने प्रधानमन्त्रीले अभिलम्ब उक्त अभिव्यक्ति फिर्ता नलिए कडा संघर्षमा हिन्दु समाज कडा आन्दोलनमा गर्ने र त्यसबाट हुने क्षतिको सम्पूर्ण जिम्मेबार सरकार को हुने चेतावनी समेत दिएका छन् ।

