कपिलवस्तु,२४ जेठ । कपिलवस्तु क्षेत्र नम्बर–३ का पूर्व सांसद तथा एमाले नेता मंगलप्रसाद गुप्ताको आज विहान उपचारको क्रमा निधन भएको छ ।
भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा हृदयघातपछि उपचारको क्रममा नेता गुप्ताको आज बिहान निधन भएको एमाले जिल्ला अध्यक्ष बाबुराम खनालले जानकारी दिए ।
करिब ८१ वर्षीय गुप्ता लामो समय राजनीतिक जीवनमा रहँदै आएका थिए । स्वर्गीय नेता गुप्ताले २०७९ सालमा कपिलवस्तु क्षेत्र नम्बर–३ बाट सांसद पदका जितेका थिए ।
उनको शव मंगलबार मात्र कृष्णनगर ल्याइने र बुधबार दाहसंस्कार हुने एमाले अध्यक्ष खनालले जानकारी दिए । स्वर्गीय गुप्ताको श्रीमती र चार छोराहरू छन् ।




