मानुषी लघुवित्तको आईपीओ बाँडफाँट, ९८ दशमलव ४७ प्रतिशत आवेदकको हात खाली

spot_img

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको छ । लघुवित्तले आज सोमबार सेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्टमा आईपीओ बाँडफाँट गरेको हो।

लघुवित्तले साउन २७ देखि ३१ गतेसम्म निष्काशनमा ल्याएको आईपीओमा मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथाबाट १० कित्ताको दरमा धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिकाअनुसार सेयर वितरण गरिएकाे बताइएकाे छ । गोलाप्रथाबाट ३६ हजार आठ सय ५९ जनाले मात्रै १० कित्ताका दरले सेयर पाएका छन् भने तीन जना भाग्यमानीले थप एक कित्ता अर्थात ११ कित्ता सेयर हात परेका छन् ।

लघुवित्तको आईपीओमा २३ लाख ५४ हजार सात सय ८४ जना आवेदक मध्ये ९८ दमलव ४७ प्रतिशत आवेदकले सेयर पाएनन् । लघुवित्तले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा तीन करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको तीन लाख ९३ हजार सात सय ५० कित्ता सेयर निष्काशन गरेको थियो । जसमध्ये कर्मचारीहरुका लागि पाँच हजार चार सय ६९ कित्ता र सामूहिक लागनी कोषहरुलाई १९ हजार ६ सय ८८ कित्ता सुरक्षित गरी बाँकी रहेको तीन लाख ६८ हजार ५ सय ९३ कित्ता शेयर सर्वसाधारणहरूका लागि निष्काशनमा ल्याएको थियो ।

spot_img

ताजा अपडेट

लोकप्रिय