9.1 C
Kathmandu
17.6 C
Birgunj

योगगुरु बाबा रामदेवले नेपालमा दुई टेलिभिजनको उद्घाटन गरे

सिफारिस

नेपाल पाेष्ट डेलीhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,३ मंसिर योगगुरु बाबा रामदेवले नेपालमा दुई टेलिभिजनको उद्घाटन गरेका छन् । रामदेवको पतञ्जली योगपीठ नेपालले पतञ्जली नेपाल टिभी र आस्था नेपाल टिभी सेटेलाइटबाट प्रशारण गर्नेगरी उद्घाटन भएको हो ।

- Advertisement -

शुक्रबार राजधानीको मन्डिखाटारमा आयोजित विशेष कार्यक्रमका बीच प्रधानमन्त्री शेरबहादुर देउवाले टेलिभिजनको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा देउवासहित काँग्रेसका नेताहरु, माओवादी अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहित विभिन्न दलका नेताहरु सहभागी छन् । कार्यक्रममा एमाले अध्यक्ष केपी ओली भने देखिएका छैनन् ।

हरेक नेपालीलाई योगसहित आयुर्वेद शिक्षाको ज्ञान संचार गर्दै नेपालको सामाजिक सांस्कृतिक, आध्यात्मिक, धार्मिक सहिष्णुतालाई दिगो र प्रगाढ बनाउन टिभी सञ्चालन गर्न लागेको पतञ्जली योगपीठ नेपालले जनाएको छ ।

उद्घाटन कार्यक्रममा भारतीय मन्त्री नितिन गडकरी पनि भर्चुअल माध्यामबाट सहभागी भएका छन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -