मेयर सरावगीद्वारा नगवामा वडा कार्यालयको शिलान्यास

spot_img

वीरगञ्ज, २१ चैत । वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख (मेयर) विजय कुमार सरावगीले १ करोड ५० लाखको लागतमा निर्माण हुने वडा कार्यालयको शिलान्यास गरेका छन् ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवामा वडा समितिको भवनको मेयर सरावगीले एक कार्यक्रमका बिच शिलान्यास गरेका हुन् । वीरगञ्ज महानगरपालिकाको नगरस्तरीय बजेटबाट सुविधासम्पन्न वडा कार्यालय निर्माण गरिने मेयर सरावगीले बताए ।

नगवा युवा क्लबले आयोजना गरेको कार्यक्रममा मेयर सरावगीसँगै स्थानीय वडाबासी, बुद्धिजिवी लगायतको सहभागिता रहेको नगवा युवा समाजका अध्यक्ष अजय पासवानले जानकारी दिए । सो अवसरमा वडाका ज्येष्ठ नागरिकहरुलाई सम्मानसमेत गरिएको थियो ।

spot_img

ताजा अपडेट

लोकप्रिय