धनुषाका दुई उपमेयर एमालेमा प्रवेश

spot_img

जनकपुरधाम, २२ चैत । : विदेह नगरपालिकाकी उप–मेयर निलम मण्डल नेपाल कम्युनिष्ठ पार्टी (एमाले) प्रवेश गरेकी छन्। धनुषाको विदेह नगरपालिकामा तत्कालीन नेकपा माओवादी केन्द्रबाट उपमेयरमा विजयी भएकी मण्डल एमाले प्रवेश गरेकी हुन्।

नेकपा एमालेका पार्टीका सचीव रघुविर महासेठ र केन्द्रीय सदस्य जुली महतोले जनकपुरधाम स्थित आफ्नै निवासमा मण्डललाई एमाले गराएको हुन्। यसअघि माओवादी केन्द्रबाट विदेह नगरपालिकामा विजयी भएका मेयर बेचन दासले नेपाल कम्युनिष्ट पार्टी भंग हुँदा एमाले रोजेका थिए। सोही अवसरमा लोकतान्त्रिक समाजवादी पार्टी जनकपुरका चर्चित युवा नेता सुशील कर्ण र मरवाडी युवा मञ्चको अध्यक्ष दिपक बजाज (मौसम) समेत एमाले प्रवेश गरेका हुन्।

सोमबार मात्र धनुषाको गणेशमान चारनाथ नगरपालिकाकी उपमेयर मीनाकुमारी यादव नेकपा माओवादी केन्द्र परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेकी छन्। माओवादी केन्द्रबाट २०७४ सालको निर्वाचनमा २ हजार ६१० मत प्राप्त गरी निर्वाचित भएकी यादव सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर पार्टी प्रवेश गरेकी हुन्।

पार्टी प्रवेशमा नेकपा एमालेका जिल्ला ईन्चार्ज रामचन्द्र मण्डल, जिल्ला अध्यक्ष राजकिशोर यादव सहितका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो।

spot_img

ताजा अपडेट

लोकप्रिय