शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

दीपेश पुनलाई ४ लाख...

काठमाडौँ,०७ वैशाख । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा...

सरकारीमा कार्यरत चिकित्सकलाई निजीमा...

काठमाडौँ,०७ वैशाख । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीले निजी स्वास्थ्य संस्थामा...

नेपाल सेमिफाइनलबाट बाहिरियो, एशिया...

काठमाडौँ,०७ वैशाख । नेपाल एशिया कपमा छनौट हुन असफल भएको छ । शुक्रबार...

आनन्द साहको परिवारलाई मधेश...

जनकपुर,०७ वैशाख । हमास समुहको आक्रमणमा परि गत असोज महिनामा मृत्यु भएको धनुषाका...
29.1 C
Kathmandu
41 C
Birgunj

मिथिला माध्यमिकी परिक्रमा धनुषाको औरहीमा 

सिफारिस

 

- Advertisement -

जनकपुरधाम, फागुन १९ गते 

मिथिला माध्यमिकी परिक्रमा विहीबार सत्तोषर विश्राम गरी शुक्रबार औरही आइपुगेका छन्

- Advertisement -

शुक्रबार विहानै (आज) परिक्रमाका श्रद्धालुहरु १२ औं विश्रामस्थल औरही आइपुगेको छ । औरही विश्रामस्थलमा परिक्रमा स्वागतको तयारी तथा सरसफाइ गरेका छन् । धनुषाको कचुरी स्थित मिथिला बिहारी मन्दिरबाट यही फागुन ८ गतेदेखि सुरु भएको परिक्रमा १२ औं विश्राम स्थलमा आइपुगेको छ । मिथिला विहारी मन्दिरबाट सुरु भइ हनुमानगढी, भारतको कल्याणेश्वर, गिरिजास्थान, मटिहानी, जलेश्वर, मडइ, ध्रुवकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम हुँदै सत्तोषर पुगेको थियो । सत्तोषरमा रात्रि विश्राम गरेको परिक्रमा आज (शुक्रबार) औरही पुगेर रात्रि विश्राम गर्नेछ ।

त्यसपछि परिक्रमा औरहीबाट भारतको करुणा, विशौल र कल्याणेश्वर स्थान सम्म पुगेर पुनः १५ औं दिन जनकपुरधाम फर्किने छन् । जनकपुरधाम पुगेर जनकपुरधामको अन्तरगृह परिक्रमा गरेपछि मध्यमा परिक्रमा सम्पन्न हुने छन् । जुन व्यक्तिले मध्यमा परिक्रमा भाग लिन नसकेको भए पनि अन्तगृहमा परिक्रमामा सहभागी भए मोक्षको भागी बन्ने जनविश्वास छ । नेपाल भारत दुबै मुलुकको धार्मिक सांस्कृतिक एवम् पारम्परिक सद् भावका प्रतीक बनेको परिक्रमा यात्राको नेपालमा ११ तथा भारतमा ४ गरी १५ विश्रामस्थल छन् ।

यस यात्राका सहयात्रीले नेपालका १ सय २ एवम् भारतको २६ गरी १ सय २८ किलोमिटर पैदलयात्रा गर्नुपर्ने हुन्छ ।

रजत

Into Journalism........

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार