शुक्र, चैत्र १७, २०७९
Fri, March 31, 2023
शुक्र, चैत्र १७, २०७९
Fri, March 31, 2023
18.1 C
Kathmandu
14.4 C
Kathmandu
22.8 C
Birgunj

जनकपुरधाममा सामुदायिक विद्यालयका प्रथम मधेश प्रदेश सम्मेलन सम्पन्न 

सिफारिस

 

- Advertisement -

 

 

- Advertisement -

जनकपुरधाम, फाल्गुन १९ ।

जनकपुरधाममा सामुदायिक विद्यालयका व्यवस्थापन समितिहरूको प्रथम मधेश प्रदेश सम्मेलन तथा क्षमता विकास कार्यक्रम सम्पन्न भएको छ।

उत विद्यालय व्यवस्थापन समिती महासंघ मधेश प्रदेशको प्रथम सम्मेलन र अधिवेशनका कार्यक्रमका आयोजक सामुदायिक विद्यालयका व्यवस्थापन समिति महासंघ नेपाल प्रदेश कार्यसमिति मधेश प्रदेश नेपाल छ भने कार्यक्रमका संयोजक शिक्षा विकास निर्देशनालय मधेश प्रदेश, जनकपुर, (नेपाल ) र सहयोगमा प्लान इन्टरनेसनल, सेभ द चिल्ड्रेन, असमान नेपाल, भियसो, पिपुल इन नीड, गर्ल्स एजुकेशन चललेन्ज उकेआईडी, गुड नेइबर रहेका छन।

कार्यक्रममा मधेश प्रदेशका आठ ओटा जिल्ला बाट १३६ स्थानीय तह मध्य बाट हरेक पालिका दुई वटा विद्यालयबाट एक- एक जना गरी महिला र पुरुषलाई  विद्यालय व्यवस्थापन सदस्यहरुलाई बोलाएका छन् । कार्यक्रमको मुख्य उदस्य विद्यालय व्यवस्थापन र सदस्हरुलाई क्षमता वृद्धि बारेमा र यही सँगै विद्यालय व्यवस्थापन गर्न समितिका महा संघ अधिवेशन गरिएका छन्।

उत कार्यक्रममा मधेस प्रदेशका शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्री महेशप्रसाद यादवले आधारभूत शिक्षालाई व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउन सामुदायिक विद्यालयहरूलाई सबल बनाउनुपर्ने बताएका छन् ।मन्त्री यादवले आधारभूत शिक्षालाई गुणस्तरीय बनाउन सामुदायिक विद्यालयहरूमा भौतिक पूर्वाधार विकास एवम् जनशक्ति व्यवस्थापन आवश्यक रहेको औँल्याए । उनले विद्यालय जाने उमेर समूहका सबै बालबालिकाको सेवा क्षेत्रभित्रका विद्यालयमा अनिवार्य भर्ना र नियमित पठनपाठन हुनुपर्ने वातावरण बनाउन स्थानीय सरकारले सामुदायिक विद्यालयको सबलीकरणका लागि तत्परता देखाउनुपर्ने उल्लेख गरे ।मन्त्री यादवले मधेस प्रदेशमा एउटा पालिका पनि पूर्ण साक्षर नरहेको भन्दै साक्षर पालिका बनाउन स्थानीय तहहरूको अग्रसरता जरुरी रहेको बताए । उनले सामुदायिक विद्यालयको स्तरोन्नतिका लागि प्रदेश सरकारले स्थानीय तहसँग साझेदारी गर्ने जानकारीसमेत दिए ।

गुणस्तरिय शिक्षा र सामान्य रूपमा शिक्षा व्यवस्थापन गर्न निम्ति र विद्यालय बाट बाहिर रहेका विद्यार्थीलाई पूर्ण रूपमा पठन पाठन गराउन राम्रो गुणस्तरिय शिक्षा प्रदान गर्न यही सँगै विद्यालयको भूमिका, शिक्षकको भूमिका बारे छलफल गरियो ।

 

कार्यक्रम संयोजक रौकी प्रसादसाहले भने कार्यक्रममा मधेसका शिक्षा बारेमा सँगै यसका सुधार, बालिका शिक्षा सञ्जाल निर्माण सम्बन्धमा र सबै बालबालिका पूर्ण समय औपचारिक दिवा स्कूलमा हुनु पर्दछ विषयमा छलफल गरियो। विद्यालयका मुदा, विद्यालय व्यवस्थापन, विद्यालय सुधार योजना (SIP) निर्माण गर्ने विषयमा र विद्यालय महा संघ समिति किन चाहिन्छ बारेमा प्रस्तुति गरेका छन् ।

विद्यालय ब्यवस्थापन समिती महासंघ मधेश प्रदेशको कार्य समितीको कार्यकाल बाट नयाँ कार्य समिती छनौट गरिएको छ।उत यस अधिवेशन बाट निर्वाचित भएका सदस्य यस प्रकाका छन्।

निम्नानुसाका व्यक्तीहरूको निर्वाचन मण्डल गठन गर्न निर्णय गरियो र उक्त मण्डललाई अख्तियारी दिएका छन्।गुणराज मुक्तान संयोजक,रक्की प्रसाद शाहा सदस्य,देवी खडका सदस्यमा चयन भएका छन्।

यही सँगै सामुदायक विद्यालय व्यवस्थापन समिती महासंघ नेपाल मधेश प्रदेशको नयाँ कार्य समिती निम्नानुसाको व्यक्ती हरुको समरहने गरि सर्वसम्मतवाट विद्यालय गठन गरियो।

महासंघको विधान वमोजिम २१ सदस्य र ४ जना पद अधिकारी रहने गरी निम्नानुसारका व्यक्तीहरूको कार्य समिती गठन गरिएको छ।अध्यक्ष :- श्री दुगो नन्द ठाकुर  उपाध्यक्ष:- श्री महेश राय,सचिव :- श्री राम पुकार यादव,कोषाध्यक्ष :- श्री चन्द्रकली देवी मलह रहेका छन भने सदस्यहरु श्री तबारक दर्जी, श्री अशोक कु. मिश्र,श्रीरामचन्द्र महतो,श्री मेनुका पोखरेल ,श्री दिपेन्द्र प्र. पडेल ,श्री रामायण चौधरी ,श्री वन्धु शाहा तेली, श्री अनिता भाटा, श्री कल्पना राजमेर, श्री सुदिप महतो,श्री रन्जु मण्डल (वह), श्री दिनेश पुण्यादव,श्री मूलिता देवी मण्डल , श्री शिया शरण यादव,श्री अरुण कुठ यादव,श्री चन्देख, श्री दिपेन्द्र कुठे कुशहवा, श्री महन प्रसाद,श्री महेश सार्टक व वोहोरा, बाकी सदस्यहरूलाई आगामी दिनमा बस्ने कार्यसमितीको बैठकले मनोनित गर्ने निर्णय सर्वसम्मत पारित गरियो।

 

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -