मासिक कविता सत्रको ९ औं वार्षिकोत्सव सम्पन्न

spot_img

जनकपुरधाम,फाल्गुन २० ।

जनकपुरधाममा मैथिली साहित्य समाज जनकपुरधामको आयोजनामा शनिवार नेपाल वार एसोशिएसनमा मासिक कविगोष्ठी नवम् वार्षिकोत्सव समारोह सम्पन्न गरिएको छ ।

उत कविगोष्ठी कार्यक्रममा शीतल झाको अध्यक्षता र  प्रमुख आतिथ्य सांसद मधेस प्रदेशका दिपेन्द्र ठाकुरको आतिथ्यमा सम्पन्न कवि गोष्ठीमा २० जना भन्दा बढी कवि, कवयत्री तथा सर्जकहरुले आ-आफ्नो रचना प्रस्तुत गरेका थिए ।

 

काशीकान्त झा "रसिक"
काशीकान्त झा “रसिक”

कार्यक्रमका संयोजक काशीकान्त झा “रसिक”ले  भने कार्यक्रममा धनुषा र महोत्तरीका कविहरुको सहभागिता रहेको थियो ।

विगत केही समयमा जनकपुरधाममा कवि भेलाको संयोजन कवि काशिकान्त झाले गर्दै आएका छन्।

सयभन्दा बढी शृङ्खला गरेकाले काशिकान्त झालाई शतकवीर पनि भनिन्छ । कवि झाले जनकपुरधाम कविहरुलाई भेला गरेर कार्यक्रमको आयोजना गर्दा आएका छन् । सीमितमा स्रोतसाधनको कमी बाबजुद पनि यसरी प्रोग्रामिङ गर्नु जीवन शक्तिको संकेत हो भने अभियान यसरी नै जारी रही रहन्छ बताए ।

spot_img

ताजा अपडेट

लोकप्रिय