काठमाडौं । आइतबार उच्च रेकर्ड विन्दुमा पुगेकाे सुनको मूल्य सोमबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सोमबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँ घटेर एक लाख ९ हजार ३ सय रुपैयाँ तोकिएको छ ।
महासंघका अनुसार सोमबार तेजावी सनुको मूल्य एक लाख ८ हजार ८ सय रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर १ हजार ३३० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।
आइतबार सुनको मूल्य हालसम्मकै उच्च एक लाख १० हजार रुपैयाँमा कारोबार भएको थियो ।

