spot_img

बाराका तीन स्थानीय तहले ल्याउन सकेनन बजेट

spot_img
spot_img

कलैया,१३ असार । बारा जिल्लाका अधिकांश स्थानीय तहले समयभित्रै गाउँ र नगर सभा मार्फत बजेट ल्याए पनि तीन स्थानीय तहले अझै नीति, कार्यक्रम तथा बजेट पेस गर्न सकेका छैनन् ।

जिल्लामा रहेका १६ वटा स्थानीय तहमध्ये जीतपुरसिमरा उपमहानगरपालिका, सिम्रौनगढ नगरपालिका र आदर्श कोतवाल गाउँपालिकाले स्थानीय सरकार सञ्चालन ऐनमा भएको व्यवस्थाअनुसार असार १० गते गाउँ सभा गर्न सकेका छैनन् ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तर सरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ मा भएको व्यवस्थाअनुसार स्थानीय तहले प्रत्येक वर्षको असार १० गतेभित्र आगामी आर्थिक वर्षको गाउँ सभा तथा नगर सभा मार्फत नीति, कार्यक्रम तथा बजेट पेस गर्नुपर्ने व्यवस्था छ ।

आदर्शकोतवालमा विवादका कारण बैठक नै आव्हान हुन सकेको छैन भने जीतपुरसिमरा उपमहानगरपालिकाले निति तथा कार्यक्रम प्रस्तुत गरेर पनि बजेटे ल्याउन सकेको छैन । त्यसैगरी सिम्रौनगढ नगरपालिकाले जेष्ठ १० गते आयोजना गरेको नगरसभा विवादका कारण सुरु हुने बित्तिकै स्थगित बन्न पुगेको थियो।

समयमै बजेट ल्याएको निजगढ नगरपालिकाले ८० करोड १५ लाख ८६ हजारको बजेट ल्याएको छ । निजगढले यसअघिको भन्दा करिब १५ करोड बजेट घटाएको हो । पचरौता नगरपालिको १०औं नगरसभा सम्पन्न भएको छ । नगर प्रमुख तथा नगर सभाका अध्यक्ष जलन्धर सिंहको अध्यक्षतामा ५१ करोड ८८ लाख ६० हजार ७ सय बराबरको बजेट ल्याएको छ ।

त्यस्तै देवताल गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि ३१ करोड ७ लाख ४३ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाका अध्यक्ष उदयप्रसाद यादवले बजेट प्रस्तुत गर्नुभएको हो ।

बारागढी गाउँपालिकाका अध्यक्ष अशोककुमार जयसवालको अध्यक्षतामा भएको गाउँसभामा अनुमानित ३८ करोड ३८ लाख ८५ हजार २ सय रूपैयाँको बजेट ल्याएको छ । प्रसौनी गाउँपालिकाका अध्यक्ष एवं नगरसभाका अध्यक्ष विनोद जैसवालको अध्यक्षतामा रु ४५ करोड ४५ लाखको बजेट ल्याएको छ । परवानीपुर गाउँपालिकासभाले ३५ करोड ७७ लाख ४४ हजारको आय विवरणसहित बजेट ल्याएको छ ।

कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद साहको अध्यक्षतामा सम्पन्न नगरसभाले १ अर्ब ५४ करोड ३८ लाख ६६ हजारको बजेट ल्याएको छ ।कोल्हवी नगरपालिकाका नगर प्रमुख रामप्रसाद चौधरीको अध्यक्षतामा १०औं नगरसभाले ६४ करोड २८ लाख ८० हजारको बजेट ल्याएको छ ।

महागढिमाई नगरपालिकाका नगरसभामा नगर प्रमुख उपेन्द्रप्रसाद यादवले ६६ करोड ७४ लाख रुपैयाँको बजेट सार्वजनिक गर्नुभएको छ । करैयामाई गाउँपालिकाको १३ आंै गाउँसभा अध्यक्ष शम्भुप्रसाद यादको अध्यक्षतामा ३९ करोड ५१ लाख ७१ हजारको बजेट ल्याएको छ ।

विश्रामपुर गाउँपालिकाका अध्यक्ष जुल्फिकार अलि भुट्टोको अध्यक्षतामा भएको १३औं गाउँसभाले ३३ करोड ९७ लाख ९० हजारको अनुमानित बजेट पारित गरेको छ । बाराको फेटा गाउँपालिकाले ३५ करोड ६३ लाख ६२ हजार बराबरको बजेट ल्याएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय