Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026
Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026

भारतीय नागरिकता स्वीकार गरेका...

वीरगञ्ज, ३ फागुन — वीरगञ्जका व्यवसायी सज्जन पोदार अग्रवालले २०६३ सालअघि आफू भारतीय...

उज्यालो नेपाल पार्टीको चुनावी...

काठमाडाै,०३ फागुन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी फागुन २१ गते...

पर्सा–१ मा दुई दर्जन...

  बीरगन्ज,०३ फागुन ।  पर्सा निर्वाचन क्षेत्र नं. १ मा जनमत पार्टीको संगठन विस्तार...

महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा...

काठमाडाै,०३ फागुन । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा भीडभाड बढेसँगै प्रहरीले सुरक्षा कडा...
spot_img

गणतन्त्रको रक्षाका लागि प्रमुख दलहरू एकजुट, बालुवाटारमा सहमति

spot_img

काठमाडौं, ७ वैशाख । मुलुकको विद्यमान राजनीतिक परिस्थितिबीच संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका लागि प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूले ऐक्यबद्धता प्रकट गरेका छन्।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी थिए। बैठकमा गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्रीका मानवअधिकार तथा संक्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेल पनि उपस्थित थिए।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सल्लाहकार अग्नि खरेलले मुलुकको वर्तमान अवस्था, संविधान र शान्तिको रक्षाका लागि गणतन्त्र पक्षधर शक्तिहरू एक ठाउँमा उभिनुपर्ने धारणा साझा भएको जानकारी दिए।

उनका अनुसार, ‘संविधानको उल्लंघन गर्ने र सामाजिक अराजकता निम्त्याउने गतिविधिप्रति सचेत रहँदै, मुलुकको शान्ति, अमनचयन र समावेशी संविधानको संरक्षणका लागि एकताबद्ध भएर अघि बढ्नुपर्नेमा नेताहरूको साझा धारणा देखिएको छ।’

बैठकमा संक्रमणकालीन न्यायसँग सम्बन्धित सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगमा पदाधिकारी नियुक्तिका लागि गठित सिफारिस समितिको कामबारे पनि छलफल भएको खरेलले जानकारी दिए।

spot_img

ताजा अपडेट

लोकप्रिय