११९ रनको लक्ष्य पछ्याउँदै जनकपुर,फाइनलमा पुग्न जिन्नै पर्ने दबाब

spot_img

काठमाडौं, ०४ पुस । नेपाल प्रिमियर लिग एनपीएलको फाइनलमा पुग्नका लागि जनकपुर बोल्ट्सले ११९ रनको लक्ष्य पाएको छ ।

क्वालिफायर टु मा कर्णाली याक्सल पहिले ब्याटिङ गर्दै ९ विकेट गुमाएर ११८ रन बनाएपछि जनकपुरले मध्यम लक्ष्य पाएको हो ।

कर्णालीका लागि गुल्सन झाले २५ र देव खनालले २४ रन बनाए । अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।

बलिङमा जनकपुरका ललित राजवंशी, मोहम्मद मोहसिन र जिमी नीशमले २(२ विकेट लिए । हर्श थाकर र शेर मल्लले समान १ विकेट लिए।

spot_img

ताजा अपडेट

लोकप्रिय