spot_img

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सकाे आईपीओ निष्कासन 

spot_img
spot_img

काठमाडौँ। क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित गरी आजदेखि आईपीओ निष्कासन सुरु गरेको छ।

कम्पनीले कुल २२ लाख ५० हजार कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात् २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि माघ १५ देखि माघ २९ सम्म आवेदन खुला गरेको छ। न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त यो आईपीओको बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्थाहरू र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन्।

इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्युआर डबल बी रेटिङ’ प्रदान गरेको छ, जसले दायित्व बहन क्षमतामा मध्यमस्तरको जोखिम रहेको संकेत गर्छ।

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले २०७९ चैत २८ मा लघु जीवन बीमाको इजाजत प्राप्त गरेको थियो। २०८० जेठ ८ मा नेपाल बीमा प्राधिकरणबाट व्यवसाय सञ्चालनको स्वीकृति पाएको यो कम्पनी २०८० जेठ १० मा पब्लिक लिमिटेड कम्पनीका रूपमा दर्ता भएको हो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय