वीरगन्जको मेनरोडको केन्द्रविन्दु निर्धारण कार्य भोलिदेखि सुरु हुने

spot_img

वीरगन्ज,१४ वैशाख । वीरगन्जको मुख्य सडक (त्रिभुवन राजपथ) विस्तार कार्यलाई अघि बढाउन सडकको आधिकारिक केन्द्रविन्दु निर्धारण गर्ने काम भोलि मंगलबारदेखि सुरु हुने भएको छ। सोमबार वीरगन्ज महानगरपालिकामा बसेको सरोकारवालाको संयुक्त बैठकले सडकको वास्तविक केन्द्र भाग पहिचान गरी स्टिलका किल्ला गाड्ने निर्णय गरेको हो। यसपछि दायाँ–बायाँ बराबर दूरी कायम गर्दै सडक विस्तार कार्यलाई व्यवस्थित रूपमा अघि बढाइनेछ।

बैठकमा महानगर प्रमुख राजेशमान सिंह को अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय, सडक डिभिजन कार्यालय हेटौँडा र नापी कार्यालय पर्साका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
हाल सडक विस्तारका क्रममा केही संरचना हटाइए पनि सडकको वास्तविक केन्द्रबिन्दुबारे स्पष्टता नहुँदा स्थानीयमा अन्योलता देखिएको थियो। सोही समस्या समाधानका लागि आधिकारिक नक्साअनुसार नापजाँच गर्न लागिएको हो।

सडक डिभिजन कार्यालय हेटौँडाका इन्जिनियर भोला प्रसाद साहका अनुसार भोलि बिहानदेखि नै प्राविधिक टोलीले नापजाँच सुरु गर्नेछ। यसका लागि सडक डिभिजन, नापी कार्यालय, जिल्ला प्रशासन र महानगरपालिकाको संयुक्त कार्यदल गठन गरिएको छ। कार्यदलले नापजाँचदेखि कार्यान्वयनसम्म सहकार्य गर्नेछ। यसअघि सडक विस्तारका क्रममा गण्डकदेखि भन्सारसम्मका क्षेत्रमा संरचना हटाउने कार्यसमेत गरिएको थियो।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय