spot_img

महामन्त्री थापाले मतदातासँग मागे माफी

spot_img
spot_img

काठमाडौं, १२ फागुन । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले अघिल्लो निर्वाचनमा मतदातालाई फरक चुनाव चिन्हमा मतदान गर्न लगाएको भन्दै माफी मागेका छन्। सोमबार प्युठानमा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले अघिल्लो पटक गिलास चिन्हमा भोट माग्नु गल्ती भएको स्वीकार गर्दै आगामी निर्वाचनमा त्यस्तो नदोहोर्‍याउने प्रतिबद्धता व्यक्त गरेा ।

“अघिल्लो निर्वाचनमा यहाँ पनि हामीले गिलास चिन्हमा मतदान गर्न आग्रह गर्‍यौं, तर अब त्यो गल्ती दोहोर्‍याउँदैनौं,” थापाले स्पष्ट पारेा ।

उनले अबको निर्वाचनमा प्युठानका कांग्रेस समर्थकहरूले कुनै पनि अन्य चुनाव चिन्हमा मतदान नगर्ने दाबी गर्दै आफ्नो पार्टीको एकता र जित सुनिश्चित गर्न ठोस तयारीको आवश्यकता रहेको बताए ।

“ताली बजाएर मात्रै जितिँदैन,” उनले भने, “हामीलाई ८/१० हजार मत पुग्दैन, त्यसका लागि तयारी गर्नुपर्छ ।”

महामन्त्री थापाको यो अभिव्यक्तिले आगामी निर्वाचनमा नेपाली कांग्रेसले एकीकृत रणनीतिसहित अगाडि बढ्न चाहेको सन्देश दिएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय