ठाकुरराम क्याम्पसको रोकिएको मतगणना सुरु

spot_img

बीरगन्ज, १३ चैत्र । बीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा रोकिएको मतगणना आज सात दिनपछि पुनः सुरु भएको छ । बुधबार दिउँसो २:४० बजेबाट मतगणना प्रक्रिया पुनः थालिएको हो।

गत चैत ५ गते स्ववियु सभापति, पदाधिकारी र सदस्यका लागि मतदान भएको थियो। मतदान सकिएपछि मतगणना सुरु गर्ने तयारी भए पनि विद्यार्थी संगठनहरू बीच सहमति नजुटेपछि मात्र चैत ६ गतेबाट प्रक्रिया शुरु गरिएको थियो। तर, ७ गते एक मतगणना केन्द्रमा मतपेटिका खोल्दा सिल नम्बर मेल नखाउँदा विवाद उत्पन्न भएको थियो।

उम्मेदवारका प्रतिनिधिहरूलाई दिइएका सिल नम्बर र मतपेटिका खोल्दा फरक देखिएपछि मतगणनामा रोकावट आयो। यस विवादका कारण निर्वाचन समितिले सबै विद्यार्थी संगठनहरूको सहमतिमा मतगणना स्थगित गरेको थियो।

आज पर्सा जिल्ला प्रशासन कार्यालयमा भएको छलफलपछि, जिल्लाका राजनीतिक दल र विद्यार्थी संगठनका नेताहरूले सहमति जनाएपछि जिल्ला प्रशासनको निर्देशनमा मतगणना पुनः सुरु गरिएको हो।

spot_img

ताजा अपडेट

लोकप्रिय