झापाको विद्यालयमा करिब १ करोड भ्रष्टाचार, प्रअ र लेखापालविरुद्ध मुद्दा

spot_img

काठमाडौं,१५ वैशाख । झापाको दमकस्थित हिमालय माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक र लेखापालविरुद्ध करिब एक करोड रुपैयाँ बराबरको भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्य विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

आयोगका अनुसार दुवै जनाले मिलेमतोमा नमुना विद्यालय भवन निर्माणका क्रममा वास्तविक खर्चभन्दा बढी बिल भर्पाइ तयार गरी ५९ लाख २६ हजार ६८६ रुपैयाँ भुक्तानी लिएका थिए।

यसका साथै विद्यालयको खातामा रहेको १७ लाख ९६ हजार ५२१ रुपैयाँ नगद हिनामिना गरिएको र आर्थिक वर्ष २०७७/७८ देखिको १६ लाख ६० हजार १०१ रुपैयाँ बेरुजु रकम समेत दुरुपयोग गरिएको आरोप लगाइएको छ।
आयोगले सार्वजनिक सम्पत्तिमा हानी नोक्सानी पुर्‍याएको भन्दै उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको जनाएको छ। अदालतको आगामी प्रक्रियासँगै यस प्रकरणको टुंगो लाग्नेछ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय