spot_img

राष्ट्रपति ट्रम्पद्धारा ‘गोल्ड कार्ड’ सार्वजनिक

spot_img
spot_img

काठमाडाैं, २२ चैत्र । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार एयर फोर्स वानमा ५० लाख अमेरिकी डलरमा बिक्री भएको पहिलो ‘गोल्ड कार्ड’ सार्ववजनिक गरेका छन् । आफ्नो अनुहार भएको प्रोटोटाइप र ‘द ट्रम्प कार्ड’ लेखिएको फोटो बोकेका रिपब्लिकन राष्ट्रपतिले पत्रकारसँग भने, ‘विशेष भिसा सायद दुई हप्ताभन्दा कम समयमा पाइने छ।’

‘यो निकै रोमाञ्चक छ, म पहिलो खरिदकर्ता भएको छु,’ उनले भने।

ट्रम्पले पहिले परम्परागत ग्रिनकार्डको महँगो संस्करणको कुरा गरेका थिए। उनले यो नयाँ भिसाको बिक्रीले रोजगारी बढाउने र अमेरिकी राष्ट्रिय घाटा घटाउने ठाउँमा प्रयोग गर्न सकिने बताए।

दोस्रो कार्यकालका लागि लाखौँ कागजातविहीन आप्रवासीलाई देशबाट निकाल्न प्राथमिकता दिएका यी अर्बपति पूर्व ‘रियल इस्टेट’ व्यवसायीले नयाँ कार्ड महँगो अमेरिकी नागरिकताको बाटो हुने बताए।

फेब्रुअरीमा उनले आफ्नो प्रशासनले ‘सायद १० लाख’ कार्ड बेच्ने आशा गरेको बताएका थिए। उनले रूसी कुलीन वर्गहरू पनि यसको खरिदका लागि योग्य हुन सक्ने कुरालाई नकारेनन्। उजेन्सी

spot_img

ताजा अपडेट

लोकप्रिय