काठमाडौँ, २५ चैत्र । अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकको कायम मुकायम गभर्नरको जिम्मेवारी वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिनालाई तोकेको छ। गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएपछि मन्त्रालयले उनलाई कायम मुकायम गभर्नरको जिम्मेवारी दिएको हो।
नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उपप्रधानमन्त्री र अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निलम ढुङ्गाना तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेको मन्त्रालयले जानकारी दिएको छ।

